PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

कांग्रेसमा पुस्तान्तरणको प्रयास भएन सफल : गगन थापाले पाए मात्र २५ मत



पहिलोपोस्ट

कांग्रेसमा पुस्तान्तरणको प्रयास भएन सफल : गगन थापाले पाए मात्र २५ मत

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भएका छन्। यससँगै कांग्रेसमा पुस्तान्तरणको प्रयास असफल भएको छ। संस्थापन इतरको साथ र युवा नेताहरुको समर्थनमा देउवालाई महामन्त्री गगन थापाले टक्कर दिएका थिए। यसलाई धेरैले कांग्रेसमा पुस्तान्तरणको संज्ञा दिएका थिए।

तर, संसदीय दलको नेताको लागि भएको निर्वाचनमा गगन थापा भारी मतान्तरले पराजित भएका छन्।

आज भएको निर्वाचनमा देउवा ६४ मत ल्याउँदै संसदीय दलको नेतामा पुन: निर्वाचित भएका हुन्। गगन थापाले भने मात्र २५ मत पाएका छन्। कांग्रेसका कूल ८९ सांसदले आज मतदान गरेकोमा बहुमत सांसद देउवाको पक्षमा उभिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell