PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

प्रिन्टिङ एन्ड पैकेजिङ उद्योगमा आगलागी, १४ करोड रुपैयाँको क्षति



पहिलोपोस्ट

प्रिन्टिङ एन्ड पैकेजिङ उद्योगमा आगलागी, १४ करोड रुपैयाँको क्षति

काठमाडौंः पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर २ मा रहेको बाबा प्रिन्टिङ एन्ड पैकेजिङ उद्योगमा लागालागी भएको छ।

राति पौने १२ बजे आगलागी भएको भन्ने जानकारी आएपछि वीरगन्ज महानगरपालिकाको कार्यालयबाट दुई वटा दमकल, पोखरिया नगरपालिकाको कार्यालयबाट एक दमकल, विपत् व्यवस्थापन गुल्म पर्साबाट एक दमकल सहितको प्रहरी टोली तथा सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो।

करिब तीन घण्टामा आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ। आगलागीबाट बाबा प्रिन्टिङ एन्ड पैकेजिङ ईन्डष्ट्रिज प्रालिको कार्टुन फ्याक्ट्रीमा रहेको कच्चा पदार्थ, मेसिनरी सामानहरू तथा तयारी गरिएको कार्टुन लगायत करिब चौध करोड रुपैयाँ बराबरको क्षति भएको पीडितले दाबी गरेका छन्।

के कसरी आगलागी भएको हो र के कति धनमालको आगलागीबाट क्षति भएको भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell