PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

'नम्बरी सुन' मा नम्रता र गौरवको जोडी पक्का



पहिलोपोस्ट

'नम्बरी सुन' मा नम्रता र गौरवको जोडी पक्का

काठमाडौं : फिल्म ‘नम्बरी सुन’ को मुख्य भुमिकामा आभिनेता गौरव पहारी अनुबन्धित भएका छन्। गौरव र निर्माण टिमबिच मंगलबार लिखित सम्झौता भएको हो।

अब फिल्ममा गौरवको जोडीको रुपमा नम्रता सापकोटा देखिनेछन्। यसअघि अभिनेता आमेश भण्डारी फिल्मको मुख्य भूमिकाका लागि फाइनल भएका थिए। तर, आमेश अस्ट्रेलिया गएसँगै निर्माण टिमले पहारीलाई अनुबन्धित गरेको हो।

राजु गिरीको निर्देशनमा बन्ने फिल्ममा गौरव र नम्रताका साथै सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल सविन बास्तोला, गीता अधिकारी, स्मृती वली लगायतका कलाकारको अभिनय रहनेछ।

यसै फिल्मबाट लामो समयपछि द्धन्द्व निर्देशक राजेन्द्र खड्गी 'कमब्याक' गर्दैछन्। सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने फिल्मको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ।

माघ २० गतेबाट सुरु हुने फिल्मको छायाङ्कन लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell