PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

आज पनि बढ्यो सुनको मूल्य



पहिलोपोस्ट

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौंः सुनचाँदीको कारोबार मूल्य फेरि बढेको छ।

बुधबार सुन तोलाको १ लाख १ हजार २ सय रुपैयाँ तोला भएको छ। मंगलबारका तुलनामा तोलामा ८ सय रुपैयाँको बढोत्तरी भएको हो। साताको तेस्रो दिन प्रतितोला १ हजार ४ सयमा कारोबार भएको सुन गत आइतबार प्रतितोला १ लाख ५ सय रुपैयाँ थियो।

पुस पहिलो दिन ९९ हजार ९ सय रुपैयाँ प्रतितोला हुँदा मूल्य घट्न सक्ने आकलन थियो। तर मूल्यमा सामान्य उतारचढाव छ। ह्‍वात्तै घटबढ भएको छैन। चाँदी पनि बढेर बुधबार १४ सय रुपैयाँ प्रतितोला भएको छ। मंगलबार तोलाको १३ सय ७५ थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १८१३.०५ डलरमा कारोबार भइरहेको छ भने चाँदी २३.९५ डलर छ।

सुनचाँदीको मूल्य क्रमिक बलियो भएको छ। साताको पहिलो दिन गत आइतबार सुन प्रतिऔंस १७९३.१३ डलर र चाँदी २३.२३ डलरमा कारोबार भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell