PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

मानवअधिकार फिल्म फेस्टिभलको समापनमा ‘फोर नाइट्स’ प्रिमियर हुँदै



पहिलोपोस्ट

मानवअधिकार फिल्म फेस्टिभलको समापनमा ‘फोर नाइट्स’ प्रिमियर हुँदै

काठमाडौं : नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १० औं संस्करणको आज अन्तिम दिन। दिउँसो ३ बजेदेखि सुरु हुने फेस्टिभलको समापन समारोहमा रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ को नेपाल प्रिमियर हुने भएको छ।

यसअघि यो फिल्म ‘फोर नाइट्स’ बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो। यस फिल्ममा कलाकार दयाहाङ राई र आशा मग्रातीको अभिनय छ।

महोत्सवमा प्रदर्शनका लागि कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित २५ देशका ६४ वटा चलचित्र छनोट गरिएको आयोजकले जनाएको छ।

महोत्सवमा प्रदर्शन गरिने चलचित्रमध्ये चार विधामा उत्कृष्ट स्थान हासिल गर्नेलाई नगदसहित अवार्ड प्रदान गरिनेछ । त्यस्तै, महोत्सवमा उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि अवार्ड प्रदान गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell