PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

रवि लामिछानेले भोलि सांसद पदको सपथ लिन बाटो खुल्यो, अदालतले दिएन अन्तरिम आदेश



पहिलोपोस्ट

रवि लामिछानेले भोलि सांसद पदको सपथ लिन बाटो खुल्यो, अदालतले दिएन अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहित शपथ रोक्ने दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

आज संवैधानिक इजलासमा भएको सुनुवाइ पछि अदालतले रवि लामिछानेको शपथ रोक्न अन्तरिम आदेश दिन अस्विकार गरेको हो। यस मुद्दामा छलफल गर्नको लागि अर्को पेशी तोक्ने निर्णय भएको छ।

बुधवार युवराज पौडेलले लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

यसअघि युवराजकै नेतृत्वमा लामिछानेको नागरिकता खारेज गर्न माग गर्दै गृहमन्त्रालयमा उजुरी परेको थियो। चितवन २ बाट प्रतिनिधि सभामा निर्वाचित लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नयाँ नेपाली नागरिकता नलिएको विषयमा विवाद बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell