विश्वकप उपाधि जितेको खुसीयालीमा उत्सव मनाउने क्रममा अर्जेन्टिनामा एक फूटबल फ्यानको मृत्यु भएको छ। उत्सव मनाउने क्रममा २४ वर्षीय एक युवाको निधन भएको हो। सोही क्रममा ५ वर्षे एक बालक कोमामा पुगेका छन्।
फ्रान्सविरुद्धको फाइनल खेलमा जित हासिल गरेपछि मंगलबारको विजय परेडमा उत्सव मनाउँदै गर्दा छतबाट लडेर २४ वर्षीय फ्यानको मृत्यु भएको हो।
मंगलबारको बस परेडलाई सुरक्षा चिन्ताको कारण स्थगित गर्नुपरेको थियो। खेलाडीहरूसँग बसको माथि उफ्रने प्रशंसकहरू व्यवाहारले सुरक्षा थ्रेट बढाएको थियो। अर्जेन्टिनाको राजधानी ब्यूनोज आइरेसमा उत्सव मनाउने क्रममा टाउकोमा चोट लागेका कारण सोमबार अस्पतालमा अर्का फ्यानको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको हो। ती ब्यक्तिले 'राष्ट्रिय टोलीको विजयको उत्सव मनाउँदै छतमा हाम फालेको र छत भाँचिएपछि उनी खसेको' रिपोर्टमा उल्लेख छ। उनको ब्यूनोज आयरेसको फर्नान्डेज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
प्लाजा सान मार्टिन भन्ने स्थानमा आफ्ना आमाबाबुसँग अर्जेन्टिनाको विश्वकप विजयको उत्सव मनाउँदै गर्दा भएको घटनापछि टाउकोमा गम्भीर चोट लागेर कोमामा रहेको पाँच वर्षीय बालकको बारेमा पनि चिन्ताजनक भएको बताइएको छ। परेडका क्रममा अरु पनि चोट र चिन्तजनक अवस्थाबारे रिपोर्टहरु आइरहेको बताइएको छ। विश्व विजेता बनेर अर्जेन्टिना फुटबल टोली स्वेदश फर्किएको छ। मंगलवार विशेष विमानबाट राजधानी बुनोज एरिजमा ओर्लिएका खेलाडीहरुलाई अर्जेन्टिनाले भव्य स्वागत गरेको छ।
Argentina get their heroes home but nearly clothesline them off the bus.pic.twitter.com/hemkogABq2
— Football España (@footballespana_) December 20, 2022
मेस्सी र उनको टोली चढेको बसमा हाम फाल्ने प्रयास गरेपछि अर्जेन्टिनी टोलीलाई हेलिकप्टरमा आकाशमा सार्नुपरेको थियो। बस परेडको क्रममा अगाडि बिजुलीको तार आउँदा सम्भावित जोखिम टरेको थियो। रोड्रिगो डे पाउल, निकोलस ओटामेन्डी, लियोनेल मेस्सी, लिआन्ड्रो परेडेस र एन्जेल डि मारियालाई जुन तारको केबलसँग ठोक्किनबाट जोगिएका थिए।
विमानबाट पहिला कप्तान लियोनल मेस्सी विश्वकप ट्रफी लिएर ओर्लिएका थिए। त्यसपछि जितको खुशियाली सुरु भएको थियो। खेलाडीहरुलाई 'ओपन टप डेक' बसमा राखेर नगर परिक्रमा गराइयो। उनीहरुलाई स्वागत गर्दा ब्यूनोज आयरेसमा लाखौं अर्जेन्टिनी नागरिक सडकमा ओर्लिएका थिए। निलो र सेतो रंगको जर्सी लगाएका समर्थकहरुको भिड सडकमा बढ्दै गयो। खेलाडीहरु उनीहरुसँगै जितको खुशी साट्दै अघि बढे। रातभर अर्जेन्टिनाको राष्ट्रिय झण्डा र म्यराडोनाको तस्विर लिएर मानिसहरु 'जितको उत्सव' मा सहभागी भएका थिए।