PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

बुटवलको सोह्र छत्तिस कुलोमा महिलाको शव फेला



पहिलोपोस्ट

बुटवलको सोह्र छत्तिस कुलोमा महिलाको शव फेला

बुटवल : बुटवलको सोह्र छत्तिस कुलोमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ।

बुधबार बिहान बुटवल उपमहानगरपालिका वडा ९ र ११ को बिचमा पर्ने उक्त कुलोको किनारामा अन्दाजी ३५ वर्षिया महिलाको शव फेला परेको इलाका प्रहरी कार्यलय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए। बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

हिजो साँझ कुलोमा केही नभएको र कुलोमा बगाउने पानी नभएकाले रातीको समयमा कसैले लिएर शव फालेको हुन सक्ने स्थानीयले बताएका छन्।

प्रहरी निरीक्षक घिमिरेका अनुसार मृतक महिलाको सनाखत हुन सकेको छैन। ती महिलाको साथमा स्विच अफ भएको मोबाइल फेला परेको उनले बताए। उक्त शवलाई पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ। उक्त महिलाको पहिचानका लागि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell