PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

झारफुक गर्ने भन्दै तातो पन्यूले डाम्ने र तातो तेल खन्याएको अभियोगमा पाँच जना समातिए



पहिलोपोस्ट

झारफुक गर्ने भन्दै तातो पन्यूले डाम्ने र तातो तेल खन्याएको अभियोगमा पाँच जना समातिए

काठमाडौंः झारफुक गर्ने बहानामा तातो पन्यूले डाम्ने र तातो तेल खन्याएको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अर्घाखाँचीको सीतागंगा गाउँपालिका वडा नम्बर २ घर भएकी माता भनी चिनिने वर्ष १९ की सचिना सारु मगर सहित पाँच जनलाई पक्राउ गरेको हो। गत शनिवार सारुले ३६ की महिलालाई झारफुक गर्ने भन्दै तातो पन्यूले डाम्ने, शरीरमा तातो तेल र तातो पानी खन्याउने गरेको उजुरी प्रहरीमा परेको थियो। पिडित महिलाको शरीरमा छाला खुइलिई पाक्ने तथा अनुहारको भाग समेत कुरुप भएकाले नेपाल प्रहरी अस्पताल महाराजगञ्‍जमा उपचार भइरहेको छ। त्यस्तै घटनामा संलग्न उनका अन्य चार जना सहयोगीलाई समेत नियन्त्रणमा लिएको छ।

पक्राउमा परेका  विरुद्द मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-१४ को कुटपिट वा अंगभंग सम्बन्धी कसूर मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell