PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

रुसी सत्तारुढ दलका अध्यक्ष बेइजिङमा, युक्रेन संकटको समाधान वृहत संवादबाट हुनुपर्ने सिको सुझाव



पहिलोपोस्ट

रुसी सत्तारुढ दलका अध्यक्ष बेइजिङमा, युक्रेन संकटको समाधान वृहत संवादबाट हुनुपर्ने सिको सुझाव
फोटो : सिन्ह्वा।

सांघाई: चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सि चिनफिङसँग युनाइटेड रसिया पार्टीका अध्यक्ष दिमित्री मेडभेडेभले भेट गरेका छन्। 

सीपीसीको निमन्त्रणामा बेइजिङ आएका मेडभेडेभले सीपीसीको २०औँ महाधिवेशन सफल रुपमा सम्पन्न गरेकोमा बधाई दिँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तर्फबाट महासचिव तथा राष्ट्रपतिको बधाई सन्देश सुनाए। 

सो भेटमा चिनियाँ राष्ट्रतपि सिले महाधिवेशनका उपलब्धिको बारेमा ब्रिफिङ गरेका थिए। साथै उनले सीपीसी र युनाइटेड रसिया पार्टीबीच संस्थागत सम्बन्ध रहेको दुबै देश आपसी फाइदाका आधारमा साझेदारी गरिरहेको बताए। 

साथै राष्ट्रपति सिले चीन-रुस सम्बन्धलाई नयाँ युगको आवश्यकता अनुसार अगाडि बढाउन रुससँग मिलेर काम गर्न तयार रहेको बताए। 

युक्रेन संकटको सन्दर्भमा चीनले आफ्नो स्थान र नीति आवश्यकताका आधारमा र निष्पक्षताका आधारमा अगाडि बढाएको भन्दै शान्तिपूर्ण संवादमा जोड दिएको उनले बताए। उनले राजनीतिक संवादका माध्यमबाट संयुक्त सुरक्षा चासोलाई सम्बोधन गर्नुपर्ने उनले बताए। 

भेटका क्रममा मेडभेडेभले राष्ट्रपति सिको शुभकामना सन्देश सिलाई हस्तान्तरण गरेका थिए। 

उनले चीनले सीपीसीको नेतृत्वमा विकासमा अभूतपूर्ण सफलता हासिल गरेको भन्दै बधाई दिए। साथै उनले २० महाधिवेशनका निर्णयहरुलाई प्रभावकारी कार्यान्वयनको शुभकामना दिए। 

उनले दुई पार्टीबीचको सम्बन्ध र साझेदारी रुस र चीनबीचको सम्बन्धको आधार भएकोसमेत बताए। उनले युक्रेन संकटका कारणहरु रहेको भन्दै ती कारणहरु जटिल भएकोसमेत बताए। उनले रुस समस्याको समाधान शान्तिपूर्ण संवादबाट गर्न चाहेकोसमेत बताएका थिए। 

भेटवार्ताका क्रममा दुबै पक्षले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरुका विषयमासमेत छलफल गरेका थिए। भेटमा चिनियाँ विदेश मन्त्री वाङ यीसमेत सहभागि थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell