PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

मानव अधिकार चलचित्र महोत्सवमा फिक्सनतर्फ ‘फोर नाइट्स’ र डकुमेन्ट्रीतर्फ ‘आइरन डिगर’ उत्कृष्ट घोषित



पहिलोपोस्ट

मानव अधिकार चलचित्र महोत्सवमा फिक्सनतर्फ ‘फोर नाइट्स’ र डकुमेन्ट्रीतर्फ ‘आइरन डिगर’ उत्कृष्ट घोषित

काठमाडौं: सर्ट फिल्म ‘फोर नाइट्स’ प्रदर्शनसँगै नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १०औँ संस्करण सकिएको छ।

फेस्टिभलमा नेपाल पानारोमातर्फ दिपक रौनियार निर्देशित फिल्म ‘फोर नाइट्स’ उत्कृष्ट फिक्सन फिल्म घोषित भयो। त्यस्तै, अनिल बुढामगर निर्देशित ‘आइरन डिगर’ डकुमेन्ट्री विधातर्फको उत्कृष्ट अवार्ड जित्यो। यी दुई फिल्मले ५० हजार नेपाली रुपैयाँ पुरस्कार पाएका छन्।

बगंलादेशी निर्देशक जुबोराज सामिमको फिल्म ‘द इन्सटिन्क्ट’ अन्तर्राष्ट्रिय फिक्सन विधातर्फ उत्कृष्ट घोषित भयो। अन्तर्राष्ट्रिय नन-फिक्सन प्रतिस्पर्धातर्फ फिनल्यान्डका लिरिस हेर्मा निर्देशित डकुमेन्ट्री ‘सेपहर्डस अफ द अर्थ’ उत्कृष्ट बन्यो। यी दुई फिल्मले अवार्डसहित नेपाली ५० हजार रुपैयाँ हात पारेका छन्।

त्यसैगरि, महोत्सवमा सम्राट खनाल निर्देशित फिल्म ‘थ्रु द सिंगिङ भिलेजेज’, सुनिल न्यौपानेको 'डेथ्स् अनएक्सप्लेन्ड’, पिंकी श्री रानामगरको ‘हजुर’, रुसी फिल्ममेकर डेर्या डेनिजको हेजा(स्टेन्थ), टर्किस् फिल्ममेकर सेरहत कारास्लान्टको ‘द क्रिमिनल्स’, जर्मनका सेन्गिज अकेगनका ‘आयसा’ र अमेरिकाका किरा डेन र काटोल्यन रोबेलो निर्देशित ‘मिजुको’ ले विभिन्न विधामा स्पेसल मेन्सन अवार्ड पाए।

फेस्टिभलमा २५ देशका ६४ फिल्म देखाइएको थियो। ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’को नारा रहेको फेस्टिभलमा मानव अधिकार चलचित्र केन्द्रको आयोजना रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell