PahiloPost

Jun 24, 2026 | १० असार २०८३

बिहानैदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान प्रभावित



पहिलोपोस्ट

बिहानैदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान प्रभावित

काठमाडौंः काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हुस्सु÷कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन्।

बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन्। विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए।

“खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ”, उनले भने।

मौसममा सुधार आएपछि नियमितरुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताउए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell