PahiloPost

Jul 3, 2024 | २० असार २०८१

चलचित्र विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलन गर्ने चलचित्र संघको घोषणा



पहिलोपोस्ट

चलचित्र विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलन गर्ने चलचित्र संघको घोषणा

काठमाडौं : नेपाल चलचित्र संघले चलचित्र विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। बुधबार काठमाडौंमा भएको संघको राष्ट्रिय भेलाको बैठकले एक प्रेस विज्ञप्ति निकाल्दै आन्दोलनको कार्यक्रम तय गरेको हो।

नेपाल चलचित्र संघको महासचिव नरेन्द्र महर्जनको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति गठन समेत भएको छ। चलचित्र विकास बोर्डसँगको पटक पटकको वार्तामा समेत बोर्डले व्यवसायीको समस्यालाई गम्भीरतापूर्वक नलिएको संघको आरोप छ।

‘चलचित्र विकास बोर्ड सँगको पटकपटकको वार्तामा समेत व्यवसायीको समस्यालाई गम्भीरतापूर्वक नलिएको मात्रै हैन झन व्यवसायलाई एक पछि अर्को निर्णयबाट विस्थापित गर्ने खालको गतिविधि हुँदै गएको हुँदा नेपाल चलचित्र संघ चरणबद्ध आन्दोलनमा उत्रने निर्णय गरेको हो। आन्दोलन हाम्रो रहर हैन बाध्यता हो,’ विज्ञप्तिमा उल्लेख छ।

पुस १२ गते संचार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, पुस १५,१६ र १७ गते चलचित्र घरमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ। साथै संघले चलचित्र बोर्डमा धर्ना दिनेदेखि तालाबन्दी गर्ने समेत विज्ञप्तिमा उल्लेख छ।

राति १० बजेपछि फिल्म प्रदर्शन गर्न नपाइने, एक साताअघि नै फिल्म सेन्सर हुनुपर्ने  र विश्वकप फुटबलजस्ता कार्यक्रम देखाउन नपाइने भन्ने बोर्डको नियमलाई लिएर चलचित्र संघ आक्रोशित बनेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell