PahiloPost

Jun 24, 2026 | १० असार २०८३

दुई सुगठन संगठन गभिएर बन्यो महासंघ, राजेशबाबु श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति



पहिलोपोस्ट

दुई सुगठन संगठन गभिएर बन्यो महासंघ, राजेशबाबु श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति

काठमाडौं : नेपाल शारिरीक सुगठन तथा फिट्नेस संघ र नेपलिज फेडरेसन अफ बडीबिल्डिङ एन्ड फिट्नेस संघ एक भएको छ।

दुई संघका पदाधिकारीहरुको आपसी सहमतिपछि बडीबिल्डिङ एन्ड फिट्नेस संघलाई खारेज गरी एकै संगठन बनेको हो। एक भएको संगठनको नाम नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ राखिएको छ।

सहमति पछि महासंघको राजेशबाबु श्रेष्ठको संयोजकत्वमा २७ सदस्यीय कार्यसमिति चयन गरिएको राष्ट्रिय खेलकुद परिषदले गरेको पत्रचारमा उल्लेख छ। नयाँ कार्यसमितिलाई ३ महिनाभित्र साधारण सभा गर्नुपर्ने समयसीमा राखेपाले दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell