PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

रवि लामिछानेको शपथ रोक्न संघीय संसदमा निवेदन



पहिलोपोस्ट

रवि लामिछानेको शपथ रोक्न संघीय संसदमा निवेदन

काठमाडौं : समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका नवनिर्वाचित सांसद रवि लामिछानेको शपथ रोक्न माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन्।

संसदका जेष्ठ सदस्य पशुपतिशम्शेर जबरा र महासचिव भरतराज गौतमलाई सम्बोधन गर्दै युवराजले लामिछानेको शपथ रोक्न माग गरेका हुन्।

नागरिकता विवाद देखाउँदै यसअघि उनले सर्वोच्चमा लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। बुधवार पेशी चढेको उक्त रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

नवनिर्वाचित सांसदहरुको शपथ केहीबेरमै संघीय संसद भवन नयाँ बानेश्वरमा हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell