PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

अस्करको 'सर्टलिस्ट'मा परेनन् 'ऐना झ्यालको पुतली' र 'लोरी'



पहिलोपोस्ट

अस्करको 'सर्टलिस्ट'मा परेनन् 'ऐना झ्यालको पुतली' र 'लोरी'

विश्वप्रतिष्ठित अस्कर अवार्डको ९५ औँ संस्करणका लागि मनोनयन सूची घोषणा गरिएको छ। एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले अस्करको १० विधाको मनोनयन सूची सार्वजनिक गरेको हो।

डकुमेन्ट्री, इन्टरनेसनल फिचर, लाइभ-एक्सन, मेकअप, हेयरस्टाइल, मौलिक गीत, ओरजिनल स्कोर, एनिमेटेड सट्, ध्वनी र भिजुअल इफेक्ट लगायतका विधामा मनोनयन सार्वजनिक भएको हो।

अन्तर्राष्ट्रिय फिचर विधातर्फ नेपालबाट फिल्म ‘ऐना झ्यालको पुतली’ प्रतिस्पर्धामा थियो। तर, ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट १५ को सर्टलिस्टमा पर्न सकेन। भारतीय फिल्म ‘लास्ट फिल्म शो’ र पाकिस्तानी फिल्म ‘जोयल्याण्ड’ भने सो विधामा छनोट भएका छन्। त्यसैगरि, सर्ट फिल्मको लाइभ-एक्सन विधातर्फ भिडेको अविनाशविक्रम शाह निर्देशित फिल्म ‘लोरी’ पनि सर्टलिस्टमा पर्न सकेन।

भारतीय फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ मौलिक गीततर्फ मनोनयन भएको छ। ओरिजिनल स्कोरतर्फ ‘अवतार: द वे अफ वाटर’ को बेबीलोन, ‘ब्याल्क पयान्थर’को ‘वाकान्डा फरेभर’ गीत छनोट भएको छ।

अस्कर अवार्डको ९५ औं संस्करणको समापन समारोह आउँदो १२ मार्चमा हलिउडको डब्ली थिएटरमा आयोजना हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell