PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

नवनिर्वाचित सांसदहरुले लिए शपथ, शपथ लगत्तै चियापान



पहिलोपोस्ट

नवनिर्वाचित सांसदहरुले लिए शपथ, शपथ लगत्तै चियापान

काठमाडौं : नवनिर्वाचित सांसदहरुले गोपनियताको शपथ लिएका छन्। प्रतिनिधि सभाका सबैभन्दा जेष्ठ सदस्य पशुपतिशम्शेर जबराबाट बिहीवार दिउँसो १ बजेर २५ मिनेटमा सांसदहरुले शपथ लिएका हुन्।

शपथ लिएसँग नवनिर्वाचित सांसदहरु जेष्ठ सदस्यले आयोजना गरेको चियापान समारोहमा सहभागी भएका छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा यसपटक नेपाली कांग्रेसबाट ८९, एमालेबाट ७८, माओवादीबाट ३२, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २०, राप्रपाबाट १४, जसपाबाट १२, एकीकृत समाजवादीबाट १० सांसद छन्। त्यसैगरी जनमत पार्टीबाट ६, लोकतान्त्रिक समाजवादी पार्टीबाट ४,  नागरिक उन्मुक्ति पार्टीको तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीले एक–एक सांसद छन्। यसै गरी, प्रतिनिधि सभामा पाँच जना स्वतन्त्र सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell