PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

लोगो लगाउँदै सांसद, शपथपत्रमा हस्ताक्षरसँगै यस्तो देखियो शपथ समारोह

लोगो लगाउँदै सांसद, शपथपत्रमा हस्ताक्षरसँगै यस्तो देखियो शपथ समारोह

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रतिनिधि सभाका सबैभन्दा जेष्ठ सदस्य पशुपतिशम्शेर जबराबाट बिहीवार दिउँसो १ बजेर २५ मिनेटमा सांसदहरुले शपथ लिएका हुन्।

शपथ लिएसँगै नवनिर्वाचित सांसदहरुले सांसदको लोगो लगाएका छन्। यसैगरी उनीहरुले शपथपत्रमा हस्ताक्षर गरेका छन्। शपथलगत्तै सांसदहरु चियापान समारोहमा सहभागी भएका छन्। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको स्वागत तथा सम्मानमा सङ्घीय संसद् सचिवालयले जलपान समारोहको आयोजना गरेको हो।

२७५ सदस्यीय प्रतिनिधि सभामा यसपटक नेपाली कांग्रेसबाट ८९, एमालेबाट ७८, माओवादीबाट ३२, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २०, राप्रपाबाट १४, जसपाबाट १२, एकीकृत समाजवादीबाट १० सांसद छन्। त्यसैगरी जनमत पार्टीबाट ६, लोकतान्त्रिक समाजवादी पार्टीबाट ४,  नागरिक उन्मुक्ति पार्टीको तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीले एक–एक सांसद छन्। यसै गरी, प्रतिनिधि सभामा पाँच जना स्वतन्त्र सांसद छन्।



ट्रेन्डिङ पोस्ट

Ncell