काठमाडौं : बिहीवार दिउँसो नयाँ बानेश्वरस्थित सांसद भवनमा नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। केही संसद बाहेक सबै सांसदहरुले शपथ लिएका हुन्। विवाद र मुद्दा खेपिरहेका संसदहरुले पनि शपथ लिएका छन्। यसरी शपथ लिनेमा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ् र एमालेका लक्ष्मी महतो कोइरी रहेका छन्। गुरुङ मनाङबाट निर्वाचित सांसद हुन्।
गुरुङले अहिले पनि भ्रष्टचार मुद्दा खेपिरहेका छन्। विषेश अदालतमा उनको फाइल छ। यता महोत्तरी १ बाट निर्वाचित एमालेका लक्ष्मी महतो हत्या अभियोगमा फरार रहेका व्यक्ति हुन्। सशस्त्र प्रहरीका असई थमन बिकलाई हत्या गरेको अभियोग महतोमाथि लागेको छ। महतो महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट विजयी भएका थिए।