PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वाग्मतीमा को बन्ला कांग्रेस संसदीय दलको नेता?



निशा गुरुङ

वाग्मतीमा को बन्ला कांग्रेस संसदीय दलको नेता?

हेटौंडा : नेपाली कांग्रेस वाग्मती प्रदेश सभा संसदीय दल नेता छान्न पुस १३ गते बुधबार निर्वाचन हुने भएको छ। कांग्रेस वाग्मती प्रदेशको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णय गरेको थियो।

उक्त निर्णय बमोजिम बैठकले प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि समिति गठन गरेको छ। वाग्मती प्रदेश समितिका उपसभापतिसमेत रहेका चन्द्र महर्जनको संयोजकत्वमा समिति गठन गरेको हो। समितिको सदस्यहरुमा महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सदस्य गंगा दाहाल र सदस्य सानु श्रेष्ठ रहेका छन्।  उक्त समितिले कांग्रेस केन्द्रको संसदीय दलको निर्वाचनपछि प्रकृया सुरु गर्ने निर्णयलगत्तै बिहीबार केन्द्रीय सभापति शेरबहादुर देउवासँग भेटेर छलफल गरेको समितिका संयोजक चन्द्र महर्जनले जानकारी दिए।

‘पार्टीको संसदीय दलको निर्वाचन ११ गते गर्ने निर्णय भएको छ। तर , प्रदेशसभाको संसदीय दलमा गर्ने होकी काठमाँडौंमा गर्ने भन्ने विषयमा टुंगो लाग्न बांकी छ ,’ महर्जनले भने, ‘धेरै साथीहरुले काठमाडौंमा गर्ने कुरा पनि भाएको छ त्यसको निर्णय चाँहि भएको छैन।’  वाग्मती प्रदेशको संसदीय दलको नेतामा संस्थापन पक्षकै २ जना आकांक्षी हुँदा नेता चयन गर्न निर्वाचन हुन लागेको हो। कांग्रेस केन्द्रीय सदस्य नुवाकोट जिल्ला प्रतिनिधिसभा क्षेत्र २ (ख)बाट निर्वाचित बहादुरसिंह लामा र कांग्रेस वाग्मती प्रदेशका सभापति मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ (ख)बाट निर्वाचित इन्द्रबहादुर बानियाँ संसदीय दलको नेता बन्ने दौडमा छन्। बहादुरसिंह र बानियाँ दुबै मुख्यमन्त्री बन्ने योजनाका साथ संसदीय दलको नेतामा उम्मेदवारी दिँदैछन्। दुबै समूहले जित आफ्नो पक्षमा आउने दाबी गरेका छन्।

वाग्मती प्रदेशमा कांग्रेसका प्रत्यक्षतर्फ २५ जना निर्वाचित हुँदा समानुपातिकबाट १२ जना चुनिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell