PahiloPost

Jun 24, 2026 | १० असार २०८३

माओवादी संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत



पहिलोपोस्ट

माओवादी संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत
फोटो : रासस

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बनाउने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीवार अपराह्न बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो।

माओवादीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रियसभामा दलको नेता नारायणकाजी श्रेष्ठलाई बनाउने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिए। बैठकले सङ्घीय सांसदबाट मासिक १२ हजार लेबी उठाउने निर्णयसमेत गरेको छ। केही दिनअघि बसेको माओवादी पदाधिकारी बैठकले नवनिर्वाचित सांसदको शपथ ग्रहणपछि दलको नेता चयन गर्ने निर्णय गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell