PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

मुलुकको अर्थतन्त्रले गम्भीर चुनौती सामना गरिरहेको छ : राष्ट्रपति भण्डारी



पहिलोपोस्ट

मुलुकको अर्थतन्त्रले गम्भीर चुनौती सामना गरिरहेको छ : राष्ट्रपति भण्डारी

बुटवल : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौती सामना गरिरहेको बताएकी छिन्।

बिहीबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि एवं पर्यटन महोत्सव–२०७९ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै बिस्तार भएको र मुद्रा सन्चितीमा अभूतपूर्व चाप परेको भन्दै अर्थतन्त्र गम्भीर चुनौतीको अवस्थामा रहेको बताइन्।

मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन आयात प्रतिस्थापन गर्ने खालका वन पैदावार र जडिबुटीजन्य उद्योग स्थापनामा जोड दिनुपर्ने र निर्यात बढाउनुपर्ने उनको भनाई छ। खेतीयोग्य जमिन बाँझो नराख्नका लागि युवा जनशक्तिलाई कृषि क्षेत्रमा लगाउनुपर्ने र कृषिजन्य उत्पादनलाई बढाउन सके व्यापार घाटा कम गर्न सकिने उनले बताइन्। ‘स्वदेशी उत्पादनको प्रयोग गर्न राज्यले प्रोत्सहान गर्नुपर्छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘जलविद्युतको अधिकतम खपत गरौं, कृषि उत्पादन बढाउदै पर्यटन प्रबद्र्धनमा लाग्नु अहिलेको आवश्यकता हो।’

विश्वका बौद्ध मार्गीहरूको आस्थाको केन्द्र लुम्बिनीलाई शान्ति सहरको रुपमा विकास गरी यस लुम्बिनीसँग जोडिएको बुद्धसँग सम्बन्धित क्षेत्रको पनि प्रचार गर्न आवश्यक रहेको उनको भनाइ छ। भैरहवामा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले लुम्बिनी प्रदेशको आर्थिक विकासमा ठूलो योगदान पुर्‍याउने भन्दै यहाँ आउने पर्यटकहरुलाई अन्य क्षेत्रमा पनि लैजानुपर्ने उनको जोड छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell