PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

चार सांसद छुटे शपथमा : कसैलाई शोक, कोही सुत्केरी, जहाज छुट्दा आउन पाएनन् राई



रासस

चार सांसद छुटे शपथमा : कसैलाई शोक, कोही सुत्केरी, जहाज छुट्दा आउन पाएनन् राई

काठमाडौं : प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले शुक्रवार बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन्। उमेरसम्बन्धी प्राविधिक कारणबाट शपथ लिन नसकेपछि उनलाई सङ्घीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी गरेको छ।

यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शुक्रबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउनेछन्। सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई बिहीवार शपथ गराउने कार्यक्रम राखेको थियो।

नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहीवार आयोजित समारोहमा दुई सय ७० सांसद्ले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनियताको शपथ लिए।

यादवसँगै सांसद प्रेमबहादुर आले, माया राई र रामकुमार राई आज शपथ लिन अनुपस्थित रहे। आले पारिवारिक शोकमा र राई सुत्केरी भई अस्पतालमा छन्। खोटाङबाट निर्वाचित सांसद रामकुमार राई हवाईजहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसक्नुभएको संसद् सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell