A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.697143451a5456.86465533): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.697143451a5456.86465533,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

सरकार गठनको गृहकार्य शुरु : देउवालाई भेट्दै प्रचण्ड
PahiloPost

Jan 22, 2026 | ९ माघ २०८२

सरकार गठनको गृहकार्य शुरु : देउवालाई भेट्दै प्रचण्ड



पहिलोपोस्ट

सरकार गठनको गृहकार्य शुरु : देउवालाई भेट्दै प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दैछन्। संसदीय दलको नेतामा निर्वाचित भएपछि प्रचण्डले आजै देउवालाई भेट्न लागेका हुन्।

सरकार गठनका विषयमा छलफल गर्नका लागि प्रचण्डले देउवालाई भेट्न लागेको माओवादी नेता हितराज पाण्डेले बताए। गठबन्धनको बैठकबारे सोधिएको प्रश्नमा पाण्डेले भने, ‘गृहकार्यका लागि आजै हाम्रा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीबीच भेटघाट हुन्छ। र गृहकार्यको कुरा अगाडि बढ्छ।‘

कांग्रेस सभापतिसमेत रहेका देउवा बुधवारमात्र पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका हुन्। दलहरुले संसदीय दलको नेता चयन गरेसँगै सरकार गठनबारे तयारी थालेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिसकेकी छिन्। राष्ट्रपतिले दलहरुलाई सात दिनको समयसीमा दिएको छ।

२७५ सदस्यीय प्रतिनिधि सभामा यसपटक नेपाली कांग्रेसबाट ८९, एमालेबाट ७८, माओवादीबाट ३२, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २०, राप्रपाबाट १४, जसपाबाट १२, एकीकृत समाजवादीबाट १० सांसद छन्। त्यसैगरी जनमत पार्टीबाट ६, लोकतान्त्रिक समाजवादी पार्टीबाट ४,  नागरिक उन्मुक्ति पार्टीको तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीले एक–एक सांसद छन्। यसै गरी, प्रतिनिधि सभामा पाँच जना स्वतन्त्र सांसद छन्। नयाँ सरकारको नेतृत्वमा गठबन्धनबाट कांग्रेस र माओवादीले दाबी गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell