PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

माधव नेपालको स्वास्थ्य अवस्थामा सुधार



पहिलोपोस्ट

माधव नेपालको स्वास्थ्य अवस्थामा सुधार
नेपालको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड। फाइल फोटो

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ। निमोनिया देखिएपछि पुस ५ गतेदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उनी उपचाररत छन्।

नेपालको स्वास्थ्यमा सुधार भएको उनको उपचारमा संलग्न डा सन्तकुमार दासले जानकारी दिए।    उनका अनुसार नेपाललाई अहिले ज्वरो नरहेको र श्वासप्रश्वास गर्दा अक्सिजन पनि लगाउन परेको छैन। साथै उनले खाना पनि राम्रैसँग खाइरहेका छन्।

डा दासका अनुसार पूर्ण रुपमा स्वस्थ्य भई आज नेपाल घर फर्कनेछन्। नेपाललाई अस्पतालका उपनिर्देशक डा दासको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उपचार गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell