PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

जेलेन्सकीको वासिङ्टन भ्रमणले अमेरिका र युक्रेन शान्ति चाहँदैनन् भन्ने पुष्टि भयो : रसिया



पहिलोपोस्ट

जेलेन्सकीको वासिङ्टन भ्रमणले अमेरिका र युक्रेन शान्ति चाहँदैनन् भन्ने पुष्टि भयो : रसिया
अमेरिकी संसदको संयुक्त सदनलाई सम्बोधन गर्दे युक्रेनका राष्ट्रपति । तस्विर : CNN

रसियाले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीको अमेरिका भ्रमणको आलोचना गरेका छन्। रसियाले जेलेन्सकीलाई वासिङ्टन बोलाएर अमेरिकाले आफूविरुद्ध 'अप्रत्यक्ष युद्ध' लडिरहेको आरोप लगाएको छ।

युक्रेनका राष्ट्रपति जेलेन्सकी बिहीवार अमेरिका पुगेका थियो। रसियाले युक्रेनका दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि सुरु भयो युद्धपछि जेलेन्सकी पहिलोपटक विदेश भ्रमणको क्रममा अमेरिका पुगेका हुन्।

अमेरिकाका लागि रसियाका राजदूत एन्टोली एन्टोनोभले यस्ता 'उत्तेजिक कार्य'हरुले गम्भी परिणाम निम्त्याउन सक्ने चेतावनी दिएका छन्। उनले मस्कोले सबै तहमा वार्ताका लागि सक्दो प्रयास गरिरहेको जनाएका छन्। तर, अमेरिकाले किभलाई प्याट्रियट मिसाइल दिने घोषणा धेरै विचलित गर्ने खालको भएको उनको टिप्पणी छ।

अमेरिका पुगेका जेलन्सकी र अमेरिकी राष्ट्रपति जो बाइडेनबिच भेटवार्ता भएको थियो। त्यसक्रममा बाइडेनले युक्रेनलाई सहयोग जारी रहने बताएका थिए। उनले किभमा प्याट्रियट मिसाइल डिफेन्स सिस्टम पठाउने घोषणा पनि गरेका थिए। रसियाले अमेरिकाको यही कदमको विरोध गरेको हो।

रसियाले जेलेन्सकीको अमेरिका भ्रमणका क्रममा 'शान्ति' स्थापना बारे कुरा नै नभएको जनाएको छ। यसबाट अमेरिकाले रसियासँग 'प्रोक्सी वार' खेलिरहेको प्रष्ट हुने डिमिट्री पेसकोभले बताए। प्याट्रियक मिसाइल दिँदैमा रसियालाई सैन्य अपरेन्सबाट आफ्नो लक्ष्य हासिल गर्न कसैले रोक्न नसक्ने उनले बताएका छन्।

'वासिङटनमा भएको कुराकानीबाट युक्रेन र अमेरिकाले शान्ति चाहिएको देखिएन। उनीहरु युद्ध लडिरहन चाहन्छन्,' रसियाको विदेश मन्त्रालयकी प्रवक्ता मारिया जकरोभाले बताइन्।

अमेरिका भ्रमणका क्रममा जेलेन्सकीले अमेरिकी सहयोग र समर्थनको लागि धन्यवाद व्यक्त गरेका थिए। उनले रसियाको आक्रमणलाई 'काउन्टर' दिन एयर डिफेन्स सिस्टमलाई बलियो बनाउनुपर्ने मत राखेका थिए। जेलेन्सकीले अमेरिकी सदनको संयुक्त सत्रलाई समेत सम्बोधन गरेका थिए। त्यसक्रममा उनले अमेरिकाबाट निरन्तर आर्थिक सहयोगको अपेक्षा रहेको बताएका थिए। उनले रसियामाथि लगाइएको प्रतिबन्धहरुलाई थप कडाइ गर्न पनि आह्वान गरेका थिए। रसियालाई 'आतंकवादी' भन्दै उनले हिंसा फैलाउनहरुविरुद्ध कडा कदम चाल्नुपर्ने बताएका थिए।

सम्बोधनका क्रममा जेलेन्सकीले युक्रेनले रसियाली आक्रमणविरुद्ध विजयी हासिल गर्ने भन्दै कहिलै आत्मसमर्पण नगर्ने बताएका थिए।

रसिया र युक्रेनबिच युद्ध भएको १० महिना भइसकेको छ। हालसम्म पनि युद्ध समाप्त हुने कुनै आधार देखिएको छैन। युद्धका कारण युक्रेनबाट १ करोड ६० लाख भन्दा बढी मानिस पलायन भइसकेका छन्। दुवै तर्फबाट हजारौं मानिसको मृत्यु भएको छ भने लाखौं विस्थापित भइसकेका छन्।अर्बौंको सम्पत्ति युद्धका कारण नष्ट भइसकेको छ। युद्धको समय लम्बिदै गर्दै युक्रेनलाई पश्चिमा राष्ट्रहरुले समर्थन गरिरहेका छन्। तर पनि युद्ध समाप्त गर्न कसैले पनि पहल गरेका छैनन्। रसियाले पनि युक्रेनमा आफ्नो लक्ष्य स्थापित गर्ने भन्दै थप सैन्य कारवाहीको तयारी गरिरहेको छ।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाको सीमामा सुरक्षा बढाउन निर्देशन दिएका छन्। उनले सुरक्षा अंगहरुलाई समाजमा शान्ति स्थापना गर्दै 'देशद्रोही र जासुस'हरुलाई खोज्न पनि निर्देशन दिएका छन्। पुटिनले यस्तो निर्देशन दिएको केहीदिन पछि जेलेन्सकी अमेरिका पुगेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell