
काठमाडौं : आज बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो भने पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले नियमित मौसम बुलेटिनमार्फत जानकारी दिएको छ। आज राती पनि पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा आज हल्का हिमपातको सम्भावना रहेको छ।