PahiloPost

Jun 24, 2026 | १० असार २०८३

उर्फी जावेदलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ



पहिलोपोस्ट

उर्फी जावेदलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ

भारतीय कलाकार उर्फी जावेदलाई बलात्कार गरि मार्ने धम्की दिने युवक पकाउ परेका छन्। गोरेगाउँ पुलिस स्टेशनले ‘आईटी ऐन’ अन्तर्गत नवीन गिरी नामका व्यक्तिलाई हिरासतमा लिएको हो।

असामान्य पहिरन र फेसनका लागि चर्चित छिन् उर्फी। जसकारण उनी बेला बेला विवादमा समेत पर्छिन्। हालै ती युवकले व्हाट्सएपमार्फत बलात्कार गरि मार्ने धम्की दिएका थिए। त्यसपछि उर्फीले ट्विटरमा च्याटको स्क्रिनसर्ट सेयर गर्दै आफूलाई धम्की आएको भनि प्रहरीलाई ट्याग गरिन्।

सोही उजुरीअनुसार ती युवकलाई पकाउ गरिएको हो। आरोपितले उर्फीको लुगा लगाउने शैलीबाट असन्तुष्ट भएको बयान दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell