PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

छैटौँपटक इजरायलको प्रधानमन्त्री बन्दै नेतान्याहू, विपक्षीको आरोप : इतिहासकै कट्टरपन्थी सरकार



पहिलोपोस्ट

छैटौँपटक इजरायलको प्रधानमन्त्री बन्दै नेतान्याहू, विपक्षीको आरोप : इतिहासकै कट्टरपन्थी सरकार
Photo : AFP/GETTY IMAGES

बेन्जामिन नेतान्याहू फेरि इजरालयका प्रधानमन्त्री बन्ने भएका छन्। संसदीय निर्वाचनमा बेन्जामिनको पार्टी लुकिडले ३२ सिटमा जित निकालेको छ। कट्टरपन्थी यहूदी पार्टीहरु र धुर राष्ट्रवादी पार्टीसँग गठबन्धन गरेर नेतान्याहू फेरि सत्तामा पुग्न लागेका हुन्।

नेतान्याहूले आफूले नयाँ सरकार गठन गर्ने बारे इजरालयका राष्ट्रपति इसाक हेर्जोगलाई जानकारी गराइसकेका छन्। लगातार १५ वर्षसम्म प्रधानमन्त्री भएका बेन्जामिन गत वर्षमात्र पदमुक्त भएका थिए। अहिले फेरि निर्वाचनबाट उनी छैटौँपटक प्रधानमन्त्री बन्न लागेका हुन्।

बेन्जामिनको नेतृत्वमा बन्ने नयाँ सरकार इजरायलको इतिहासमा नै दक्षिणपन्थी हुने बताइएको छ। पहिला कट्टरपन्थी भन्दै जेल सजाय भोगिसकेका व्यक्तिहरु नै अब बेन्जामिन नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन्। यो गठबन्धनले यहुदी बस्तीको विस्तार गर्ने र सुरक्षा बल र न्यायपालिकामाथि बलियो नियन्त्रण गर्ने योजना बनाएको छ।

बेन्जामिनलाई हटाएर प्रधानमन्त्री बनेका यायिर लैपिडले नेतान्याहूको नेतृत्वमा बन्ने सरकार सेना, प्रहरी र अर्थव्यवस्थालाई नै खतरा भएको बताएका छन्। उनले अब बन्ने सरकारलाई इतिहासकै 'कट्टरपन्थी सरकार' भनेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell