PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

रसुवा - काठमाडौं र रक्सौल - काठमाडौं रेल अनुदानमा बन्नुपर्छ : कांग्रेस प्रवक्ता महत



पहिलोपोस्ट

रसुवा - काठमाडौं र रक्सौल - काठमाडौं रेल अनुदानमा बन्नुपर्छ : कांग्रेस प्रवक्ता महत

काठमाडौं :  नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले विदेशी ऋण लिएर कुनै प्रोजेक्ट बन्नु नेपालको लागि घाटाको कुरा रहेको बताएका छन्। इन्टरनेसनल सेमिनार अन जियोपोलिटिक्स एन्ड बिआरआई इन साउथ एसिया कार्यक्रममा प्रवक्ता महतले यस्तो भनाई राखेका हुन्।

विदेशीले ऋण दिँदा सामानदेखि ठेकेदारसम्म आफ्नै देशबाट पठाउँदा देशलाई घाटा हुने भएकाले त्यस्ता ऋण स्विकार गर्नु नहुनेसमेत बताए। ‘कुनै प्रोजेक्टमा हामीले लागत अध्ययन गरेर सफ्ट लोन भएमात्र लिमिटेड एमाउन्टमा ऋण स्विकार गर्नुपर्छ। कुनै ऋण प्रोजेक्ट लिँदा हामीले त्यही देशको सामान आउने, त्यही देशको ठेकेदार आउने त्यो कसैसँग स्विकार गर्नुहुन्न भन्ने मेरो व्यक्तिगत राय छ,’ महतले भने, ‘उनीहरुले नै अध्ययन गर्ने। उनीहरुकै ठेकेदार आउने भएपछि के काम? चाहे बिआरआइ प्रोजेक्ट होस् या अरु हामीले इन्टरन्यासनल कम्पिटिसनको आधारमा हामीले त्यही देशकै हुनुपर्छ भन्नेलाई नकार्नुपर्छ।‘

चीनले रसुवा हुँदै काठमाडौं जोड्ने रेल र भारतले रक्सौल हुँदै काठमाडौं जोड्ने रेलमा पनि ऋण लिन नहुने महतको भनाई थियो। उनले दुबै देशले अनुदानबाट बनाउने भएर प्रोजेक्ट स्विकार्न सक्ने धारणा राखे। ‘रक्सौलबाट काठमाडौं जोड्छु र चीनबाट रसुवा नाकाबाट काठमाडौं जोड्छु भन्यो भने दुबै जनाले ग्रान्टबाट गर्नुपर्छ,’ महतले भने, ‘यदि दुबै देशले काठमाडौंमा रेलवे जोड्यो भने दुबै देशले ट्रेड गर्‍यो भने सबैभन्दा ज्यादा फाइदा दुबै देशलाई हुन्छ। हामले पाउने फाइदा सेकेन्डरी हो। ऋण लिएर रेल प्रोजेक्ट चै हुँदैन।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell