PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

'द भ्वाइस अफ नेपाल सिजन -४' को ग्रान्ड फिनाले आज



पहिलोपोस्ट

'द भ्वाइस अफ नेपाल सिजन -४' को ग्रान्ड फिनाले आज

काठमाडौं : गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन -४' को फिनाले आज हुँदैछ। आज बेलुकी ७:३० बजेदेखि सुरु हुने ग्रान्ड फिनालेमा अन्तिम चार प्रतिपर्धीमध्ये एक जना विजेता बन्नेछ।

फिनालेमा चार टिमबाट उपाधिका लागि चारजना प्रतिस्पर्धामा छन्। प्रमोद खरेलको टिमबाट योगेश मगर, राजु लामाको टिमबाट करण राई, राजेश पायल राईको टिमबाट सविना योङहाङ र प्रविशा अधिकारीको टिमबाट शाइल लिम्बु उपाधिका लागि भिड्दैछन्।

दर्शकको भोटको आधारमा विजेता घोषित गरिनेछ। साथै फिनालेमा टप १२ ट्यालेन्टहरुले नै आफ्नो प्रस्तुती दिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell