PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

वाग्मती प्रदेशभा सदस्यको शपथ कहिले ? सर्वदलीय बैठक बसेर टुंगो लगाइँदै



पहिलोपोस्ट

वाग्मती प्रदेशभा सदस्यको शपथ कहिले ? सर्वदलीय बैठक बसेर टुंगो लगाइँदै

हेटौंडा : वाग्तमी प्रदेशका सांसदहरुको शपथ ग्रहणको विषयमा छलफल गर्न अहिले सर्वदलीय बैठक बस्दैछ छ। प्रदेशसभा सचिवालय हेटौंडमा बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक एक घण्टा ढिलो गरि सुरु भएको हो।

बैठकमा सातै दलका सांसदहरुको सहभागी रहेका छन्। प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचित भएका सांसदहरुको जेष्ठ सदस्यको अन्तिम निर्णय, शपथ ग्रहणको मिति टुंग्याउन बैठक बसिरहेको हो।

प्रदेश सरकारसँगको समन्वयमा आगामी पुस ११ गतेको लागि जेष्ठ सदस्यको शपथ र १२ गते अन्य सांसदहरुको शपथ ग्रहणको कार्यक्रम राख्ने तयारी भएको र सोही अनुसार आजका सर्वदलीय बैठकमा प्रस्ताव गरेर अन्तिम रुप दिने प्रदेससभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए।

मुख्यमन्त्री राजेन्द्र पाण्डे पनि सर्वदलीय बैठकमा सहभागी छन्। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर सपथ लिइसकेका पाण्डे अहिले पनि दोहोरो राजकीय भूमिकामा छन्। सांसदसँगै उनी मुख्यमन्त्री बनिरहँदा उनको आलोचना पनि भइरहेको छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell