PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

'गुञ्जन' को ट्रेलर सार्वजनिक, अष्ट महर्जनको डेब्यू निर्देशन



पहिलोपोस्ट

'गुञ्जन' को ट्रेलर सार्वजनिक, अष्ट महर्जनको डेब्यू निर्देशन

काठमाडौं : पुस २९ गतेबाट प्रदर्शन हुने फिल्म ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक भएको छ। फिल्मको ट्रेलरले प्रेम, बिछोड र बदलाको कथा भन्छ।

फिल्मका तीन मुख्य कलाकार सारा सिर्पाइली, प्रितमराज सेन्चुरी र कबिर खड्काले सार्वजनिक ट्रेलरमा स्थान पाएका छन्।

फिल्ममा सारा, प्रितमराज र कविरका साथै सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतको अभिनय छ।

अष्ट महर्जनको निर्देशन रहेको फिल्मलाई नेपाल र यूएईको दुबईमा छायाङ्कन गरिएको हो। विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशन डेब्यु फिल्म हो।

ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मम हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रुपमा रहेकी छिन्। फिल्मको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ।

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell