
काठमाडौं : कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स गुरुमुख शोभराजलाई आजै डिपोर्ट गरिने भएको छ।
शोभराज आज मध्यान्हमा केन्द्रीय कारागारबाट थुनामुक्त भएका थिए। त्यसपछि अध्यागमन विभाग पुर्याएका शोभराजलाई आवश्यक प्रकृया पुर्याएर आज नै फ्रान्स डिपोर्ट गर्न लागिएको छ। साढे ६ बजे कतार एयरलाइन्सको विमानमार्फत फ्रान्स डिपोर्ट गर्न लागिएको हो।
शोभराजले भने केही दिन नेपालमा नै बस्न चाहेका थिए। तर अध्यागमनले आज नै फ्रान्स डिपोर्ट गर्न लागेको हो। अब शोभराज नेपाल कहिल्यै फर्कन पाउनेछैनन्।