PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

विमानस्थलमा ठूलो परिमाणमा सुन बरामद, १९ किलो कम्मरमै बाँधेर ल्याएका थिए सुडानी युवकले



पहिलोपोस्ट

विमानस्थलमा ठूलो परिमाणमा सुन बरामद, १९ किलो कम्मरमै बाँधेर ल्याएका थिए सुडानी युवकले

काठमाडौं : त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट १९ किलो सुन बरामद भएको छ। शुक्रवार दिउँसो फ्लाइ दुबईबाट आएका विदेशी नागरिकको साथबाट अवैध रुपमा ल्याएको सुन बरामद भएको हो।

सुडानका २७ वर्षीय युवकले कम्मर बाँधेर सुन ल्याएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले बताए।

'शंका लागेर चेक गर्दा कम्मरमा १० वटा प्याकेट फेला परेको हो,' प्रवक्ता पाण्डेले भने।

मोहमहद अहमद नाम गरेका युवक भिजिट भिसामा पहिलो पटक नेपाल आएको देखिएको छ। युवकलाई नियन्त्रणमा लिएर भन्सार कार्यालयले अनुसन्धान सुरु गरेको छ।

धेरै समयपछि विमानस्थलमा यति ठूलो परिमाणमा सुन बरामद भएको हो। यसअघि ३३ किलो सुन विमानस्थलबाट बाहिरिएपछि बरामद भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell