PahiloPost

May 14, 2025 | १ जेठ २०८२

प्रधानमन्त्रीमा सहमति जुटाउन देउवा-प्रचण्डबिच छलफल



पहिलोपोस्ट

प्रधानमन्त्रीमा सहमति जुटाउन देउवा-प्रचण्डबिच छलफल

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सरकार गठनका बारेमा  बालुवाटारमा छलफल भइरहेको छ। देउवाका प्रेस प्रमुख गोविन्द परियारले दुई नेताबिच छलफल भइरहेको जानकारी दिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते सरकार गठनाका लागि दिएको ७ दिनको समय सकिन २ दिन बाँकी रहेका बेला देउवा-प्रचण्ड लगातार संवादमा जुटेका हुन्। यसअघि बिहीवार पनि देउवा-प्रचण्ड सहित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबिच छलफल भएको थियो।

सत्ता गठबन्धन भित्रै देउवा र प्रचण्डले प्रधानमन्त्रीका लागि दाबी गरेका छन्। दुबै जना आआफ्नो पार्टीको संसदीय दलको नेता पनि चयन भइसकेका छन्। सत्ता गठबन्धनसँग हाल १३६ जना सांसद छन् भने प्रतिनिधि सभामा ६ सिट भएको जनमत पार्टीले सरकारमा सहभागी हुने बताइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell