काठमाडौंः नेपालको कारागारमा १९ वर्षभन्दा बढी समय कैद भुक्तान गरेको ‘सिरियल किलर’ चार्ल्स शोभराजले नेपाललाई मुद्दा हाल्ने बताएका छन्। सर्वोच्च अदालतको फैसलापछि नेपालबाट फ्रान्स डिपोर्ट हुने क्रममा विमानस्थलमा फ्रान्सेली समाचार संस्था एएफपीलाई प्रतिक्रिया दिँदै शोभराजले यस्तो चेतावनी दिएका हुन्। शोभराज फ्रान्सेली नागरिक हुन्।
एएफपीसँगको प्रतिक्रियामा उनले भनेका छन्, ‘मैले धेरै गर्नुपर्ने छ। नेपाल राज्यसहित धेरै मानिसलाई मैले मुद्दा हाल्नु पर्छ।’
#UPDATE French serial killer Charles Sobhraj told @AFP on Friday: "I feel great... I have a lot to do. I have to sue a lot of people. Including the state of Nepal." He has been released from jail in Nepal where he served almost 20 years for murder. pic.twitter.com/RKXcZIAFfe
— AFP News Agency (@AFP) December 23, 2022
हत्या अभियोगमा १९ वर्ष २ महिनादेखि नेपाली कारागारमा रहेको उनलाई रिहा गर्न सर्वोच्चले बुधबार आदेश गरेको थियो।
बिहीबार नै फ्रान्स फर्काउने प्रयास भए पनि प्रक्रियागत रुपमा काम हुँदा शुक्रबार सम्पन्न भएको हो। कारागारबाट अध्यागम हुँदै सिधै फ्रान्स पठाइएको हो। कतार एयरलाइन्सबाट शोभराजलाई डिपोर्ट गरिएको हो।