PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

जब भारतीय अखबारले चार्ल्स शोभराज भन्दै अभिनेता रणदीप हुड्डाको तस्बिर छाप्यो...



पहिलोपोस्ट

जब भारतीय अखबारले चार्ल्स शोभराज भन्दै अभिनेता रणदीप हुड्डाको तस्बिर छाप्यो...

विकिनी किलर र द सर्पेन्ट नामले परिचित चार्ल्स शोभराज नेपालमा १९ वर्ष जेल जीवन बिताएर आज फ्रान्स फर्किएका छन्। सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएसँगै प्रहरीले उनलाई अध्यागमन विभागमा बुझाएको थियो। विभागले सबै प्रक्रिया पूरा गरेर शोभराजलाई डिपोर्ट गरेको छ।

शोभराज छुट्ने भएपछि उनीमाथि आधारित दुई फिल्मको निकै चर्चा भयो।

एउटा नेटफिल्क्स र बिबिसीले बनाएको 'द सर्पेन्ट' र बलिउड फिल्म 'मे और चार्ल्स'। शोभराजले भने आफ्नो छवि बिगार्ने गरी फिल्म बनाउनेमाथि मुद्दा हाल्ने तयारी गरेको समेत बताइन्छ।

भारतीय मिडियामा पनि शोभराज छुट्ने खबरले महत्त्व पायो। शोभराज माथि आधारित अघि बलिउड फिल्ममा बिकिनी किलरको भूमिका रणदीप हुड्डाले निर्वाह गरेका छन्। अहिले उनी अभिनित फिल्म युट्यूबमा खोज्ने मान्छे को संख्या धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

यसबीच टाइम्स अफ इण्डियामा शोभराज छुट्ने भन्दै प्रकाशन गरेको समाचारमा शोभराजको सट्टा रणदीपको तस्बिर छापियो। फोटोको क्याप्सनमा सपना प्रधान मल्ल र तिलक प्रसादको इजलासले जेलमा रहेका ७८ वर्षका शोभराजलाई छाड्‍ने आदेश दिएको लेखिएको छ। तर सो तस्बिर फिल्मको हो भनेर कतै खुलाइएको छैन।

कुख्यात अपराधीको तस्बिरको सट्टा आफ्नो तस्बिर छापिएपछि रणदीपले सो अखबारलाई ट्रोल गरेका छन्। ट्विटरमा उनले रिल र रियल शोभराजबीच झुक्किएको हो कि मलाई 'कम्पिल्मेन्ट' दिएको हो भन्दै प्रश्न गरेका छन्।

रणदीप अभिनित फिल्म सन् २०१५ मा रिलिज भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell