PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

मैथिली भाषाको शपथलाई मधेशी भाषा भनेकोमा कोषको आपत्ति



पहिलोपोस्ट

मैथिली भाषाको शपथलाई मधेशी भाषा भनेकोमा कोषको आपत्ति

जनकपुरधामः जनमत पार्टीका सांसदहरुले मैथिली भाषामा शपथ ग्रहण गरेर मधेशी भाषामा शपथ लिएको भन्दै गरिएको प्रचारप्रति मैथिली विकास कोषले आपत्ति जनाएको छ ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी र सदस्यसचिव श्यामसुन्दर शशीले संयुक्त विज्ञप्ति जारी गर्दै मधेशी भाषामा शपथ लिएको भन्दै गरिएको प्रचारप्रति आपत्ति जनाएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘यो आपत्तिजनक हो, मातृभाषामाथिको कुठाराघात हो।’

भाषा आयोग र भाषा विज्ञानमा उल्लेख नै नरहेको मधेशी भाषामा शपथ लिएको भन्नु भ्रम फैलाउनु रहेको कोषका अध्यक्ष चौधरीले बताए।

अस्तित्वमै नरहेको मधेशी भाषामा शपथ लिन संसद् सचिवालयले छुट दिनु ठूलो भुल रहेको विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell