PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर पर्‍यो : प्रकाशमान सिंह



पहिलोपोस्ट

पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर पर्‍यो : प्रकाशमान सिंह
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर परेको बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही व्यक्तिहरुले पार्टीको आन्तरिक विषय र महाधिवेशनको विषयलाई उठाएर निर्वाचन प्रभावित गर्न लागिपरेको बताए। सो क्रममा आफूसहितका केही उम्मेदवारविरुद्ध निरन्तर नकारात्मक सन्देश प्रवाह गरेर हराउने अभियान चलाइएको उनको आरोप छ।

‘भ्रष्टाचारमा प्रकाशमानको केही छैन। चुनावको समयमा पार्टीभित्रको कुरा ल्याएर नकारात्मक प्रचार गरियो। अरु उम्मेदवारको विषयमा पनि यस्तै गरियो। यसको असर निर्वाचन परिणाममा देखियो। जित्ने ठाँउमा पनि कांग्रेसले पराजय भोग्नुपर्‍यो,’ उनले भने।

नेता सिंहले कांग्रेसमा प्रतिशोध राख्नेहरुका कारण पार्टीका संगठनलाई समेत अविश्वास गर्नुपर्ने अवस्था आएको बताए।

उनले भने ‘पार्टीको संगठनलाई मात्रै निर्भर नपर भन्ने सन्देश यो परिणामले देखायो। यसपटकको तितो पाठ- संगठनको मात्रै भर गर्‍यो भने तेरो हालत यस्तो हुन्छ भन्ने अवस्था देखियो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell