PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

प्रधानमन्त्रीमा दाबी पेश गर्न एक दिन बाँकी छँदा देउवाले बोलाए सांसदहरुको भेला



पहिलोपोस्ट

प्रधानमन्त्रीमा दाबी पेश गर्न एक दिन बाँकी छँदा देउवाले बोलाए सांसदहरुको भेला
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटारमा सांसदहरुको भेला बोलाएका छन्। कांग्रेसका सांसदहरुको भेला अहिले १२:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुँदैछ।

प्रधानमन्त्रीमा दाबी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि अपराह्न ५ बजेसम्मको म्याद दिएकी छन्। तर, गठबन्धनमा सहमति जुटेको छैन। त्यसैकारण यो भेला हुन लागेको बताइएको छ।

देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबिच को पहिले प्रधानमन्त्री बन्ने भन्ने विवाद छ।

शुक्रवार दुई नेताबिच पावर सेयरिङ लगायतमा छलफल भएको छ। बालुवाटारमा भएको छलफल सकरात्मक भएको बताइए पनि निष्कर्षमा पुग्न सकेन। शनिवार पुनः बस्नेगरि छलफल टुंग्याइएको छ।

अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले छलफल सकरात्मक भए पनि निर्षकर्षमा नपुगेको बताए। सरकारको नेतृत्वमा देउवा र प्रचण्ड दुवैको दाबी यथावत छ। बिहीवार पनि देउवा-प्रचण्डसहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबिच छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell