PahiloPost

Jun 24, 2026 | १० असार २०८३

अमेरिकामा हिमपात र आँधी, १२ जनाको मृत्यु



पहिलोपोस्ट

अमेरिकामा हिमपात र आँधी, १२ जनाको मृत्यु
Photo : AP

अमेरिकामा हिमपातका कारण जनजीवन प्रभावित भएको छ। क्रिसमस र नयाँ वर्षको विदाको समयमा अत्याधिक हिमपातका कारण १० करोड मानिस प्रभावित भएका छन्।

टेकसस देखि क्यूबेकसम्म हिमपातसहितको 'बम साइक्लोन'को गति २ हजार माइल्स रहेको बीबीसीले उल्लेख गरेको छ। शुक्रवार हिमपात र आँधीका कारण हजारौं उडानहरु रद्द भए भने १५ लाख मानिस बिजुली बिहीन भएका थिए।

क्यानडामा समेत हिमपातक कारण जाडो अत्याधिक बढेको छ। जाडोका कारण हालसम्म १२ जनाको मृत्यु भइसकेको छ। हिमपात र आँधीका कारण सडकमार्गसमेत बन्द भएका छन्। ट्राफिक बढ्नुका साथै दुर्घटनाका घटना पनि बढेका छन्।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell