PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

रसियामा गैरकानुनी रुपमा संचालित आश्रयस्थलमा आगलागी, २० जनाको मृत्यु



पहिलोपोस्ट

रसियामा गैरकानुनी रुपमा संचालित आश्रयस्थलमा आगलागी, २० जनाको मृत्यु
Photo : Reuters

काठमाडौं : रसियामा गैरकानुनी रुपमा संचालित वृद्धवृद्धाहरुका लागि आश्रयस्थलमा आगो लाग्दा २० जनाको मृत्यु भएको छ। दुई तल्ले भवनको माथिल्लो तल्ला आगलागीका कारण पूर्णरुपमा क्षतिग्रस्त भएको छ।

तास न्यूज एजेन्सीले गैरकानुनी रुपमा संचालन भइरहेको सो आश्रयस्थलमा 'हिटिङ बोइलर' को खराबीका कारण आगलागी भएको बताइएको छ। आगलागी नियन्त्रणका लागि एक दर्जनभन्दा बढी अग्नी नियन्त्रक परिचालन गरिएको थियो।

स्थानीय अधिकारीहरुका अनुसार रसियामा गैरकानुनी रुपमा यसप्रकारका धेरै आश्रयस्थलहरु संचालनमा छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell