PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

प्रधानमन्त्रीमा सहमति जुटाउन गठबन्धनका नेताको छलफल बालुवाटारमा



पहिलोपोस्ट

प्रधानमन्त्रीमा सहमति जुटाउन गठबन्धनका नेताको छलफल बालुवाटारमा

काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। अब बन्ने सरकारमा प्रधानमन्त्री पदमा सहमति जुटाउन गठबन्धनको बैठक बसेको हो।

देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि दाबी गरेका छन्। दुबैजनाले एक अर्कालाई प्रधानमन्त्री बनाउन दाबाब बढाइरहेका बेला बैठक सुरु भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवारसम्म संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि दाबी गर्न दिएको समयसीमा सकिँदै छ। यसअघि प्रचण्डसँग आजै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि गठबन्धनमा प्रधानमन्त्रीका लागि सहमति हुनुपर्ने भन्दै भेटेका थिए। देउवाका प्रेस प्रमुख गोविन्द परियारले सत्ता गठबन्धनका सबै नेता सहभागी भएको बैठक बालुवाटारमा जारी रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell