PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

नेपाली भलिबल टोलीको लगातार तेस्रो हार



पहिलोपोस्ट

नेपाली भलिबल टोलीको लगातार तेस्रो हार
Photo: NSJF

काठमाडौं: काभा यु२३ पुरुष भलिबल च्याम्पियनसिपको लिग चरणमा नेपाल जित बिहिन बनेको छ। शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल कीर्गिस्तानसँग ३-२ सेटमा पराजित भएको हो। नेपालले अब लिग चरणको विजेतासँग खेल्नेछ।

बंगललादेशको शाहीद सुहरावर्दी इनडोर स्टेडियममा पहिलो सेट २५-१६ ले गुमाएको नेपालले दोस्रो सेटमा पुनरागमन गर्दै २५-२३ को जित निकालेको थियो। त्यस्तै तेस्रो सेट २५-१७ ले गुमाएको नेपालले चौथो सेट २५-१९ मा जित निकाल्दा अन्तिम सेटमा कीर्गिस्तानले १५-६ को जित सुनिश्चित गरेको हो।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र कीर्गिस्तान गरी चार टोलीको सहभागिता छ। नेपालले यसअघिको खेलमा बंगलादेश र श्रीलंकासँग पराजय ब्यहोरेको थियो।

नेपालले च्याम्पियनसिपको सेमिफाइनल खेल भोलि खेल्नेछ।

प्रतियोगितामा चार टोलीको मात्र सहभागिता भएको हुनाले चारै टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell