PahiloPost

May 15, 2025 | २ जेठ २०८२

प्रधानमन्त्री को बन्ने? सहमतिमा पुग्न नसकेपछि सत्ता गठबन्धनको बैठक भोलिसम्मको लागि स्थगित



पहिलोपोस्ट

प्रधानमन्त्री को बन्ने? सहमतिमा पुग्न नसकेपछि सत्ता गठबन्धनको बैठक भोलिसम्मको लागि स्थगित

काठमाडौं : सत्तारुढ दलबीच आगामी सरकार गठनका लागि सहमति जुटाउन बसेको बैठक बिना सहमति टुंगिएको छ। प्रधानमन्त्रीमा टुंगो लाग्न नसकेपछि बैठक भोलि बिहान बस्ने गरी टुंगिएको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बताए।

पाँच दलीय सत्ता गठबन्धनको बैठक सकारात्मक रुपमा अघि बढेको कार्कीले दाबी गरे। 'प्रधानमन्त्री को पहिले बन्ने भन्ने कुरा गौण हो, मुलुकलाई जनताको आकंक्षाअनुसार अघि बढाउनु महत्वपूर्ण कुरा हो,' कार्कीले भने, 'भोलि तपाईहरुले निर्णय पाउनुहुन्छ।'

आइतवार निर्णयमा पुग्नुपर्ने संवैधानिक बाध्यता रहेको कार्कीको भनाई थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई दाबी पेस गर्न दिएको समय सीमा आइतबार सकिँदैछ। प्रतिनिधिसभामा कांग्रेस ८९ सिटसहित ठूलो दलका रूपमा रहेको छ।

प्रधानमन्त्रीमा कांग्रेस र माओवादीले दाबी गर्दै आएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेपछि कांग्रेसले मनाउने कोशिश जारी राखेको छ। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र नेता प्रकाशमान सिंहलाई खुमलटार पठाएर प्रचण्डलाई मनाउने कोशिश गरेका थिए। कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास जारी राख्दा प्रचण्डले पनि सरकार नेतृत्वमा दाबी कायमै राखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell