PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

धनुषाको मुखियापट्टीमा गोली चल्दा एक जनाको मृत्यु



पहिलोपोस्ट

धनुषाको मुखियापट्टीमा गोली चल्दा एक जनाको मृत्यु
प्रतीकात्मक फोटो

जनकपुरधाम : धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ। गोली लागेर मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर २ का धानुक दासको मृत्यु भएको हो।

गोली लागी घाइते भएका ४० वर्षीय दासको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। गोली धानुकको देब्रे पाखुरामा लागेको थियो। गोली कसले र किन चलाएको विषयमा प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell