PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

‘कथाकी पात्र’देखि सुरुवात भएको सुविनको यात्रा, ‘इजोरिया’मा आएर घुमेको स्टेरिङ



रिना थापा

‘कथाकी पात्र’देखि सुरुवात भएको सुविनको यात्रा, ‘इजोरिया’मा आएर घुमेको स्टेरिङ

पोखरा : नयाँ पुस्तामा चर्चित लेखक हुन् सुविन भट्टराई। युवामाझ पठन संस्कृति विकास गराउन सुविनको पुस्तकले भुमिका खेलेका छन्।

त्यसैले पनि लेखकका रुपमा उनी निकै जमेका छन्। उनै सुविन पोखरामा जारी १०औँ नेपाल लिट्रेचर फेस्टिभलको एउटा ‘कथाकी पात्रदेखि इजोरियासम्म’को सेसनमा वक्ताका रुपमा सुनिए शनिवार।

कथाकी पात्रदेखि यात्रा सुरु गरेपनि उनलाई ‘साया’का लेखकको परिचयबाट पाठकले चिन्न थालेका हुन्। केही महिनाअघिमात्र सुविनको नयाँ उपन्यास ‘इजोरिया’ बजारमा आयो। ‘साया’लाई जस्तै पाठकले इजोरियालाई मन पराए।

सुविनका अनुसार उक्त पुस्तक हालसम्म ६० हजार प्रति छापिइसक्यो। त्यो पनि बजारमा सकिन लागेको संकेत पाएको उनले बताए।

सुविन प्रेम कथा लेख्छन्। प्रेम कथाकै कारण युवाले रुचाउँछन् उनका पुस्तक। इजोरिया लेख्दा उनी फरक विषय समेट्न चाहन्थे। विषय फरक भएपनि कथा प्रेमकै। तर, परिस्थिति र भुगोल फरक।

त्यसैले इजोरियामा आउँदा उनले आफ्नो स्टेरिङ घुमाए। र, लागे मधेशका पात्रको कथा लेख्न।

‘इजोरियासम्म आइपुग्दा लेखक एउटा मात्र जोनमा बस्ने कि नबसने प्रश्न जान्छ। काठमाडौं छाडेर मधे जाने बित्तिकै लेखकका टाउको दुखाइ हराए। गर्नका लागि गरेको भन्दा नि रियल्ली इन्जोय गरेँ। जिन्दगीमा नयाँ कुरा सिक्ने मौका पाएँ,’ सुविन भने।

इजोरियापछि मधेशमा उनलाई प्रेम गर्ने पाठकको संख्या बढेको उनी बताउँछन्। जसले गर्दा नेपाली साहित्य नपुगेको ठाउँमा इजोरिया पुगेको उनी भनाइ राख्छन्।

लेखेर चर्चा मात्र होइन बाँच्ने आधार पनि बनाएका छन् सुविनले। उनै सुविनलाई सहजकर्ता अच्युत घिमिरेले प्रश्न गरे - ‘तपाईंलाई सन्तुष्टि चाहीँ कतिबेला हुन्छ?’

जसको जवाफमा सुविनले भने, ‘लेखनको सन्तुष्टि आफ्नो छ। लेखेका कुरासँग आफू कति विश्वस्थ हुनसक्नुहुन्छ? पाठकको तहसम्म जाने अर्को लेखाइ हुन्छ। जब पाठकले राम्रो भन्छ सन्तुष्टिको अर्को तह निर्माण हुन्छ।’

चर्चित लेखकका रुपमा परिचय बनाएर स्थापित भएका सुविनले सेसनमा सुरुवातका सास्तीका दिन पनि सम्झिए।

फरक-फरक समयमा लेखेर संग्रहण गरेका कथाको संग्रह हो ‘कथाकी पात्र’। प्रकाशन गर्नुअघि आफूले झोलामा पाण्डुलिपी हालेर हिँडेको सम्झन्छन्। प्रकाशक नभेटेपछि उनले आफ्नै लगानीमा पुस्तक प्रकाशन गरेका थिए।

प्रकाशक नपाएका सुविनलाई अहिले धेरै नयाँ पुस्ताले पाण्डुलिपी पढिदिनु भनेर पठाउँछन्।

‘पहिले म झोलामा पाण्डुलिपी बोकेर पढिदिनुस् न भन्थेँ। म त्यो सम्झन्छु। अनि दराजबाट पाण्डुलिपी निकालेर पढ्छु,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell