PahiloPost

May 8, 2025 | २५ बैशाख २०८२

अफगानिस्तानमा महिलालाई एनजीओमा काम गर्न प्रतिबन्ध, राष्ट्र संघले गर्‍यो तालिबानको कदमको निन्दा



पहिलोपोस्ट

अफगानिस्तानमा महिलालाई एनजीओमा काम गर्न प्रतिबन्ध, राष्ट्र संघले गर्‍यो तालिबानको कदमको निन्दा
File Photo: AFP

अफगानिस्तानमा महिलाहरूलाई गैरसरकारी संस्थाहरू (एनजीओ)मा काम गर्न प्रतिबन्ध लगाउने तालिबानको आदेशको संयुक्त राष्ट्र संघले निन्दा गरेको छ। यो कदमले मौलिक अधिकारको उल्लङ्घन गरेको राष्ट्र संघको ठहर छ

तालिबानी इस्लामवादी शासकहरूले एनजीओका महिला कर्मचारीहरूले हिजाब नलगाएर ड्रेस कोड तोडेको भन्दै यस कदमलाई जायज भनेका छन्। युनिभर्सिटीमा छात्राहरूलाई प्रतिबन्ध लगाएको केही दिनपछि शनिवार यस्तो आदेश आएको हो।

अमेरिकी विदेशमन्त्रीले पनि यो कदम ‘अफगान जनताका लागि विनाशकारी’ हुने भन्दै आलोचना गरेका छन्।

एनजीओमा कार्यरत अफगान महिला कर्मचारीहरूले सरकारको उक्त आदेशपछि डर र असहायता व्यक्त गरेका छन्।

एक कर्मचारीले प्रश्न गरिन्, ‘यदि म काममा जान पाइनँ भने, मेरो परिवारलाई कसले पाल्छ?’ अर्की एक कर्मचारीले यस खवरबाट ‘चकित परेको’ भन्दै आफूले तालिवानको कडा ड्रेस कोडको पालना गरेको पनि बताए।

अर्थ मन्त्रालयले शनिवार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई पत्रमार्फत उक्त आदेश पठाएको हो। आदेशको तत्काल पालना नगर्ने कुनै पनि संस्थाको लाइसेन्स रद्द गर्ने धम्की समेत दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell