PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

देउवासँग वार्ता गर्न प्रचण्ड बालुवाटारमा, पहिला को प्रधानमन्त्री भन्ने विवाद सुल्झाउन गठबन्धनमा हुँदै छलफल



पहिलोपोस्ट

देउवासँग वार्ता गर्न प्रचण्ड बालुवाटारमा, पहिला को प्रधानमन्त्री भन्ने विवाद सुल्झाउन गठबन्धनमा हुँदै छलफल

काठमाडौं : प्रधानमन्त्रीमा सहमति जुटाउन नेकपा माओवादी केन्द्रका अध्धयक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतवारसम्म मात्रै छ। दाबी गर्ने समय सकिन लागेका बेला निर्णायक वार्ताका लागि प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि  बालुवाटार पुगेका हुन्।

प्रचण्डको सचिवालयले प्रचण्ड प्रधानमन्त्रीमा देउवाको समर्थन जुटाउन बालुवाटार पुगेको जानकारी दिएको छ।

यसअघि शनिवार साँझा पनि गठबन्धनका नेताहरुबिच प्रधानमन्त्रीबारे छलफल भएको थियो। उक्त छलफलमा प्रचण्ड र देउवाबिच को प्रधानमन्त्री बन्ने भन्नेबारेमा सहमति हुन नसकेपछि बैठक आज सम्मका लागि स्थगित भएको थियो।

आलोपालो प्रधानमन्त्रीका लागि गठबन्धनमा सहमति भए पनि को पहिला प्रधानमन्त्री बन्ने भन्नेबारेमा विवाद रहेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए। देउवाले प्रचण्डलाई पहिला प्रधानमन्त्री बनाउने बारेमा पार्टीमा सल्लाह गर्नुपर्ने बताएपछि गठबन्धनमा सहमति हुन सकेको छैन्।

प्रचण्डले यसअघि गठबन्धनबाट सरकारको नेतृत्व कांग्रेसले गरेकोले अब नयाँ सरकारमा पहिलो पटक आफ्नो नेतृत्व हुनुपर्ने दाबी गरिरहेका छन्। गठबन्धनको बैठक अघि कांग्रेसका शीर्ष नेताहरुले पनि छलफल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell